लोड हुँदैछ...

मेनु

कुहिएको राहत वितरण गर्ने मेयर पक्राउ

कुहिएको राहत वितरण गर्ने मेयर पक्राउ

काठमाडौं । लकडाउनको कारण समस्यामा परेका मजदुर तथा विपन्न नगरबासीलाई राहतमा कुहिएको दाल दिएको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका मेयरलाई प्रहरीले पक्राउ गरेको छ।

बारा जिल्ला प्रहरी कार्यालयले मेयर राजेशराय यादवलाई सोधपुछको लागि नियन्त्रणमा लिएको एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो।

गत २८ गते उपमहानगरले वितरण गरेको राहतमा कुहिएको दाल भेटिएको थियो। त्यसकै भोलिपल्ट प्रहरी र जिल्ला प्रशासन कार्यालयले उनको घरमा छापा मारेको थियो। प्रहरीले यसैमा संलग्न अन्य ७ जनालाई पनि पक्राउ गरेको छ ।

उपमहानगरले बितरण गर्ने राहतको लागि मेयर रायले दाल बिक्री गरेका थिए । राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल बेचेको पाइएको छ ।

सो प्रकराण्मा यसअघि कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं। ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैन पक्राउ परेका छन् । त्‍यस्तैयसै वडा नम्बर ११ का अध्‍यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का अध्‍यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्‍यक्ष महेश साह पनि पक्राउ परेका छन् ।

कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाम (कोल्ड स्टोर) मा शनिबार शिलबन्दी गरेको थियो।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Arjun thakur
April 21, 2020 3:24 PM

Wada no 9 chutyo sir

प्रतिक्रियाहरू बन्द छन्।