युवा संघद्वारा स्वाब कलेक्सन बुथ प्रदान

बेलबारी । राष्ट्रिय युवा संघ नेपाल मोरङले कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न र पीपीईको अभाबलाई सहजिकरण गर्न स्वाब कलेक्सन बुथ हस्तान्तरण गरेको छ ।

आईसोलेसनमा रहेका व्यक्तिहरुको कोरोना परीक्षणको लागि स्वाब संकलनमा सहयोग गर्ने बुथ निर्माण गरी बेलबारी नगरपालिकालाई हस्तान्तरण गरेको राष्ट्रिय युवा संघका मोरङ अध्यक्ष नविन पौडेलले जानकारी दिनुभयो ।

कोरोना संक्रमितको आशंका गरिएका विरामीको स्वाब संकलनको लागि आवश्यक पीपीईलगायतका सामाग्रीको अभाबमा चिकित्सकहरु पनि त्रसित रहेको बेला उनीहरुको जीवन सुरक्षामा सहयोग पुर्याउन सो सामाग्री हस्तान्तरण गरेको संघले जनाएको छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई ती सामाग्री युवासंघले सोमबार हस्तान्तरण गरेको हो ।

नेपाल ईन्जिनियरिङ एसोसिएसन ईटहरी च्याप्टरको सहयोग तथा प्रगतिशील ईन्जिनियरिङ एसोसिएसनका ईञ्जिनियर अर्पण थापासहितको टिमको सक्रियतामा बुथ निर्माण गरिएको संघले जनाएको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै राष्ट्रिय युवा संघ नेपाल मोरङले विपन्न परिवारलाई खाद्यान्न हस्तान्तरण तथा मास्क, सेनिटाइजरलगायतका सामाग्री वितरण पनि गरिरहेको छ ।

सोमबार, ०१ बैशाख, २०७७, साँझको ०७:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर