विराटनगर । विराटनगर–६ सरोचियाका स्थानीयहरुले निःशुल्क खाना खुवाउने अभियानको थालनी गरेका छन ।
उनीहरुले बुधबार २६ गतेदेखि उक्त अभियानको थालनी गरेका हुन । लकडाउनको समयमा दुई छाक खान नपाएकाहरुका लागी वडा नं. ६ को अनुमतिमा १ हप्ता सम्मको लागी उक्त अभियानको सुरुवात गरिएको हो । विराटनगर–६ शलेस मन्दिर पश्चिम गणेश राईस मिलको प्राङगणमा खाना खाने व्यवस्था मिलाईएको छ । सरकारले तोकेको सामाजिक दुरीलाई पुर्णपालना गर्दै दैनिक २ सय देखि २ सय ५० जनालाई खाना निःशुल्क खाना खुवाउँदै आएको समाजसेवी रामेश्वर यादवले बताउनुभयो ।
त्यस्तै खाना खान आउनेहरुलाई निःशुल्क मास्क पनि वितरण गर्ने गरिएको उद्योगपति शङकर शर्माले बताउनुभयो । उहाँले स्वयंमले सञ्चालन गरेको पुजा होजियारीमा उत्पादन गरेको मास्क आवश्यकता अनुसार सबैलाई वितरण गर्दै आएको जानकारी दिनुभयो ।
आवश्यकता अनुसार वडा नं. ६ को अनुमतिमा अभियानको समयावद्यि बढाउन सकिने जनाईएको छ ।