विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ५ स्थित विशाल चौकमा बसोबास गर्दै आएका ८० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
नेकपा विराटनगर महानगर सचिवालय सदस्य एवं युवा नेता आजम शेखको बिशेष पहल तथा दिल्ली पब्लिक स्कुल विराटनगरका सञ्चालक अरुण राठीको सहयोगमा खाद्यान्न वितरण गरिएको हो । शनिबार विराटनगर–५ मा बसोबास गर्दै आएका स्थानीयहरुमा १० केजी चामल, दाल, नुन र तेल लगायतका सामागं्रीहरु वितरण गरिएको युवा नेता आजम शेखले बताउनुभयो । लकडाउनका कारण दुई छाक टार्न हम्मे हम्मे हुने गरिब तथा विपन्न वर्गका नागरिकहरुमा केही राहतको वातावरण सिर्जना गर्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको युवा नेता साहिल खानले जानकारी दिनुभयो ।
खाद्यान्न वितरणमा भने बोर्न टु हेल्प सोसाईटीका सञ्चालक मजहर आलम, मोहम्मद सोनु, मुन्ना राजवंशी र पंंकज मण्डल लगायतका स्थानीय युवाहरुले सहजीकरण गर्नुभएको थियो ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।