विराटनगर । नेपाल भारत मैत्री युवा संघले सीमा क्षेत्रमा खटिएका प्रहरीहरुलाई कोरोना भाईरसको संक्रमणबाट जोगिन आवश्यक पर्ने सामाग्री उपलब्ध गराएको छ ।
संघले शनिबार विराटनगर रानी भन्सार क्षेत्रमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरुलाई ती सामाग्री उपलब्ध गराएको हो । भन्सार क्षेत्रमा आज आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमका बीच संघका प्रदेश–१ अध्यक्ष मोहम्मद नसरुलले इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापालाई ती सामाग्री हस्तान्तरण गर्नुभयो । उहाँले सिमा क्षेत्रमा खटिएका प्रहरीहरुका लागि २ सय थान मास्क र १ सय थान पञ्जा, ४ सीसी सेनिटाईजर र डेटोल साबुन लगायतका सामाग्री उपलब्ध गराईएको जानकारी दिनुभयो ।
सोही अवसरमा भारततर्फ खटिएका एस.एस.बि का जवानहरुलाई समेत २ सय थान मास्क, पञ्जा, सेनिटाईजर र डेटोल साबुन लगायतका सामाग्रीहरु उपलब्ध गराईएको थियो ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।