लोड हुँदैछ...

मेनु

सुधारगृहबाट २३ बालबाबलिका रिहा

सुधारगृहबाट २३ बालबाबलिका रिहा

विराटनगर । विराटनगर ३ स्थिति बाल सुधार गृहमा विभिन्न अपराधमा संलग्न रहेको आरोपमा राखिएका २३ जना बालबालिका रिहा भएका छन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै अत्यधि चाप रहेको बाल सुधारगृहबाट कम सजाय भएकालाई अदालतको अनुमतिले छाड्ने प्रक्रिया थालेको थियो ।

शनिबारसम्म अदालतको अनुमतिले २३ जना बालबालिका छुटेको बाल सुधार गृह विराटनगरका प्रमुख मिलन चौहानले जानकारी दिनुभयो । सबैभन्दा धेरै मोरङका ११ जना बालबालिका रिहा भएका छन् । मोरङपछि सुनसरीका ५ जना र भापाका ४ जना बालबालिका रिहा भएका छन् ।

विभिन्न अपराधमा संलग्न रहेर अदालतको आदेशपछि पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका बालबालिका रिहा भएका हुनु । रिहा भएका बालबालिका अभिभावकलार्इ जिम्मा लगाएर घर पठाइएको छ ।

विराटनगरमा रहेको बाल सुधारगृहमा एक नम्बर प्रदेशका १४ जिल्लाका विभिन्न अपराधमा संलग्न रहेका बालबालिका राखिएको छ। अब सुधारगृहमा १४२ जना बालबालिका रहेका छन् । सुधारगृहको क्षमता ५० जनाको भएपनि अझै तेब्बर संख्यामा राखिएको छ ।

क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा १० देखि १८ वर्ष उमेर समूहका उनीहरूलाई बस्न र सुत्नकै समस्या छ । बालबालिका ऐन–२०४८ अनुसार नौ वर्षसम्मका बालकलाई अपराधको दायित्व लाग्दैन । १० देखि १४ वर्षसम्मका बालकलाई न्यूनतम र १४ देखि १८ वर्षसम्मका लागि आंशिक दायित्व लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।