विराटनगर : विराटनगरका एक सामाजिक अभियन्ताले कोरोना सङक्रमणको उच्च जोखिममा रही समाचार सङकलन गर्ने सञ्चारकर्मीहरुलाई विभिन्न आधारभुत सुरक्षाका सामाग्रीहरु प्रदान गर्नुभएको छ ।
समाजवादी पार्टीका कार्यबाहक नगर अध्यक्ष एवं समाजसेवी मोहम्मद नसरुलले नेपाल ती सामाग्रीहरु उपलब्ध गराउनुभएको हो । उहाँले विराटनगरस्थित नेपाल पत्रकार महासंघ मोरङको परिसरमा मङ्गलबार महासंघका उपाध्यक्ष कुमोद अधिकारीलाई २० थान विण्ड चिटर, २ सय ५० थान मास्क, २ सय थान पन्जा र ४ सीसी सेनिटाइजर लगायतका सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।
सञ्चारकर्मीले जोखिमको अवस्थाको समेत प्रवाह नगरी समाचार सङकलनमा दिनरात खटिएकाले उनीहरुको स्वास्थ्य सुरक्षा होस भन्ने उद्धेश्यले सामान्य सहयोग उपलब्ध गराएको समाजसेवी नसरुलले बताउनुभयो । उक्त सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष अधिकारीले जनतालाई कोभिड–१९ को जोखिम प्रति सचेत र जागरुक बनाउने कार्यमा सञ्चारकर्मीहरुको महत्वपुर्ण योगदान रहेको जिकिर गर्नुभयो ।
समाजसेवी नसरुलले यस अघि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई समेत स्वास्थ्य सामाग्रीहरु प्रदान गरिसक्नुभएको छ ।