द फरेष्ट ईन धरानको अर्को गन्तव्य

धरान । सुनसरीको धरानमा नयाँपनसँगै फरक तरिका खोज्दै होटल ब्यवसायीहरुले होटल सञ्चालनमा गरिरहेका छन् । धरान १३ शिवधारा ट्रि हाउस जाने बाटोमा युवा सुरज तामाङले होटल ‘द फरिष्ट इन’ सञ्चालनमा ल्याएर त्यसको फरक अनुभूति दिनुभएको छ ।

करिब ३ वर्ष दुवई बसेर फर्कनुभएका तामाङले घर आएर नयाँ कन्सेप्टसहितको होटल सञ्चालन गर्नुभएको हो । वरिपरी बाँसको चित्राले बारेको सामान्य टिनको लगाएको होटल छेउछाऊ पिङ हालिएको छध । होटल बरपर फोटो खिच्ने ठाउँ राम्ररी सिङ्गारिएको छ ।

मान्छेको गुँड, राउण्ड गुँड, झोलुङ्गो पिङसमेत बनाएर राम्रा तस्बीर टाँसिएकोले त्यहाँ फोटो खिच्ने पनि कतिपय पुग्ने गरेका छन् । ‘व्यवसाय गर्न र ग्राहक तान्न नयाँपन र फरक शैली प्रस्तुत गर्न सकिएन भने चल्दैन भन्ने मैले बुझेको छु’, होटल सञ्चालक तामाङले भन्नुभयो, ‘फरकपन दिएर पर्यटकलाई तानेर खाँदै रमाउने वातावरण सिर्जना गर्नु मेरो उद्देश्य हो ।’

मान्छेको गुड भनेर चराको गुड आकारमा बनाइएको स्थानमा मानिसहरू चराजस्तै बनेर फोटो खिच्ने गरेका छन् । होटलै मात्रै हो भने खासै चल्दैन भन्ने बुझेकोले नौलोपन दिएको तामाङको भनाइ छ । धरानमा घुम्ने कुनै पनि गतिलो पार्क नभएकोले आफूले घुम्ने स्थानको लागि पनि होटल बनाएको उहाँले बताउनुभयो ।

करिब ८ लाख रुपैयाँको लगानीमा सुरुवात गरेको होटल २ कठ्ठा रहेको र अबको दिनमा यसलाई अझै व्यवस्थित गरेर राम्रो फोटो खिच्ने ठाउँ बनाउन लागिपरेको तामाङले बताउनुभयो ।

आइतबार, ०९ चैत, २०७६, बिहानको ०७:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर