लोड हुँदैछ...

मेनु

बाली शिविर सञ्चालन

बाली शिविर सञ्चालन

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले कृषकले लगाएको बालीमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले आयोजित बाली शिविरमा तीन सय बढीले सेवा लिएका छन् ।

दुई दिनसम्म चलेको शिविरमा मकै बालीमा देखीएको फौजी किरा, तरकारी अन्य फलफुलमा देखिएको लाइ तथा विभिन्न रोगहरुको उपचार गर्न सिकाइएको थियो ।

नगरपालिकाका कृषि शाखा प्रमुख बिनोद दाहालले एक वडा एक उत्पादनको नीति लिएको नगरपालिकाले कृषिमा देखिएको समस्या समाधान गर्न शिविर सञ्चालन गरेको बताउनुभयो । कृषक तथा कृषि क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्नका लागि दुई दिने बाली शिविरको आयोजना गरिएको नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

बेलबारी ८ र २ वडामा आयोजित शिविरमा विज्ञहरुले कृषकका समस्याहरुबारे समाधान बताएका थिए ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Chakra Bohara
November 16, 2021 9:00 PM

बाली सिविरकाे अवधि कति दिन हुन्छ ? जानकारी पाउन

प्रतिक्रियाहरू बन्द छन्।