बेलबारीमा साँस्कृतिक तथा पर्यटन महोत्सव

बेलबारी । मोरङको बेलबारीमा शनिबारदेखि आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव शुरु भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद बेलबारीको आयोजनामा शुरु भएको महोत्सवको महोत्सवको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमबीच शनिबार उद्घाटन गर्नुभयो ।

महोत्सव २४ गतेसम्म सञ्चालन हुने जनाईएको छ । महोत्सवको उद्घाटनअघि बिभिन्न जातजातिको साँस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो । नेपाल भ्रमण वर्ष सन् २०२० लाई समेत लक्षित गरी महोत्सवमा आदिवासी जनजातिका बिभिन्न संस्कार, संस्कृति र मौलिक खानपान लोप हुन लागेको अवस्थामा संरक्षण र सम्र्बद्धन गर्दै ती जातजातिका मौलिक खानेकुराका परिकार, भेषभुषा, संस्कार र संस्कृतिको प्रदर्शनी गरिने आयोजक संस्थाका अध्यक्ष तिलक राईले बताउनुभयो ।

समन्वय परिषद् बेलबारीमा १६ वटा आदिवासी जनजाति समुदायहरु आबद्ध रहेका छन् । ती सबै समुदायका मौलिक संस्कार र संस्कृतिको प्रदर्शनीसहित सबै समुदायको स्टल महोत्सवमा रहेका छन् । कृषि, पर्यटन, बालउद्यानलगायत महोत्सवका आर्कषण छन् ।

महोत्सवबाट कम्तिमा २० लाख रुपैयाँ आम्दानी हुने आयोजकको अनुमान छ । महोत्सवबाट संकलित रकमबाट समुदायमा शिक्षा, स्वास्थ्य, क्षमता विकास, संस्कार र संस्कृति प्रबद्र्धनका कार्यक्रम गरिने आयोजकले जनाएको ।

शनिबार, १७ फागुन, २०७६, रातीको ०९:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर