कतार । मोरङ–सुनसरी सेवा समाज कतारले आफ्नो १५ औं स्थापना दिवश तथा साधारणसभा सम्पन्न गरेको छ ।
२००१ मार्च २ गते स्थापना भएको मोरङ–सुनसरी समाज कतार ‘मोरङ सुनसरीको चाहना सभ्य र समृद्ध समाजको स्थापना’ भन्ने नारासहित वैदेशिक रोजगारीका शिलशिलामा कतारमा कार्यरत नेपालीहरुबीच आपसमा भाईचाराको सम्बन्ध विकास गर्न सक्रिय छ ।
आपसी सहयोगको माध्यमबाट नेपाल र नेपालीको उन्नती तथा सम्मृद्धिका लागि आवश्यक गतिविधिहरु सञ्चालन गर्न एक सक्षम संस्थाको आवश्यकता महशुस गरी यो संस्थाको स्थापना भएको थियो । दोहाको स्थानीय वेस्ट वेस्टर्न होटलमा भएको कार्यक्रममा कतारका नेपाली राजदुत महामहिम डा.नारदनाथ भारद्वाजले कार्यक्रमको पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
अवसरमा प्रमुख अथिती भारद्वाजले मोरङ–सुनसरी जिल्लामा विकाश निर्माणको काम मात्र होइन नेपालको राजनीतिक जागरणको अगुवाइ गर्ने पनि भएकोले कतारबाट पनि त्यसमा सहयोग गर्नुपर्ने बताउनुभयो । वैदेशिक रोजगारमा रहेर आफूले सिकेका शिपहरुलाई नेपालमा प्रयोगमा ल्याउन सके देश विकाशमा टेवा पुग्ने उहाँको भनाइ थियो ।
समाजको १५ औं साधारणसभाबाट सन् २०२०–२०२१ को कार्यकालका लागि दिलिप पराजुलीको अध्यक्षतामा २३ जनाको कार्यसमिति चयन गरिएको संस्थाका निवर्तमान अध्यक्ष चिरञ्जीवी तिम्सिनाले जानकारी दिनुभयो ।