टेलिकमका सुविधा यस्ता छन् ।

काठमाडौ। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय समेत बन्दै गएका छन् । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक सबैभन्दा बढी रुचाइएका छन् । तपाईं आफ्नो आवश्यकता अनुसार उपयुक्त प्याक खरिद गर्न सक्नुहुन्छ ।

एक घण्टा अनलिमिटेड प्याक

२० रुपैयाँमै उपलब्ध यो प्याक एक्टिभ गरेपछिको १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सकिन्छ ।

डे टाइम भ्वाइस प्याक

डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म जति पनि कल गर्न सकिन्छ । यो प्याक खरिद गरेको २४ घण्टासम्म उपयोग गर्न पाइन्छ । उदाहरणका लागि तपाईंले विहान १० बजे खरिद गरेको प्याक बेलुकी ५ बजे सम्म र भोलि विहान फेरि १० बजे सम्म प्रयोग गर्न सकिन्छ ।

अनलिमिटेड नाइट भ्वाइस प्याक

अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ । रातको समयमा जति पनि कल गर्न सकिने भएकाले यो प्याक निकै रुचाइएको छ ।

अनलिमिटेड नाइट डाटा प्याक

अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि १८ रुपैयाँमा अनलिमिटेड डाटा सुविधा पाउन सकिन्छ । राती ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अर्का नाइट डाटा प्याक ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिन्छ ।

प्याक कसरी लिने ?

टेलिकमका ग्राहकले ८ज्ञद्धज्ञछ३ मा डायल गरेर आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्नेछन् । तोकिएको नम्बर डायल गरेर वा एसएमएस पठाएर पनि प्याक खरिद गर्न सकिन्छ । एक घण्टा अनलिमिटेड प्याक खरिद गर्नका लागि सिधै ८ज्ञद्धज्ञछ८ड ३ डायल गर्न पनि सक्नुहुन्छ । त्यसपछि आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्नु पर्ने हुन्छ । त्यसैगरी सिधै अंग्रेजीमा ँम्एब्ऋप् टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सक्नुहुन्छ ।

यसैगरी डे टाइम भ्वाइस प्याक खरिद गर्नका लागि ८ज्ञद्धज्ञछ८ढ८द्द ३ डायल गर्न सक्नुहुन्छ । म्ख्ग्ल्ी टाइप गरी १४१५ मा एसएमएस पठाएर पनि यस्तो प्याक लिन सकिन्छ । अनलिमिटेड नाइट टाइम भ्वाइस प्याकका लागि ८ज्ञद्धज्ञछ८ज्ञ८छ८द्ध ३ डायल गर्न सकिन्छ । सिधै ल्ख्ग्ल्ी टाइप गरी १४१५ मा एसएमएस पठाउँदा समेत यो प्याक सुचारु हुन्छ ।

अनलिमिटेड नाइट डाटा प्याकका लागि ८ज्ञद्धज्ञछ८घ ३ डायल गरेर १ दिनका लागि प्याक लिने भए १ र ७ दिनका लागि प्याक लिने भए २ अंक डायल गर्नु पर्ने हुन्छ । त्यसैगरी एक दिनको प्याकका लागि ल्ग्ल्ी र ७ दिनका लागि भए ग्ल्ीठ टाइप गरी १४१५ मा एसएमएस पठाउँदा समेत यो प्याक प्राप्त हुन्छ ।

यस बाहेक कम्पनीको एप ‘नेपाल टेलिकम’ र कम्पनीको वेबसाइटबाट पनि अनलिमिटेड डाटा वा भ्वाइस प्याक सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

बाँकी प्याक थाहा पाउने तरिका

मोबाइलमा लिएको भ्वाइस प्याक वा अन्य कुनै पनि प्याक कति बाँकी छ भनी थाहा पाउनका लागि ८ज्ञद्धज्ञछ८छछ३ डायल गर्न सकिन्छ । त्यसैगरी ख्ी लेखेर १४१५ मा एसएमएस पठाउँदा समेत बाँकी रहेको भोल्युम एसएमएसबाटै थाहा पाइन्छ । साथै नेपाल टेलिकम एपमा पनि यो सुविधा उपलब्ध छ ।

 

बिहिबार, ०८ फागुन, २०७६, साँझको ०५:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर