पुरुष भलिबल प्रतियोगिता 

क्वाटर फाइनलमा आठ टिम भिड्दै

विराटनगर, । १ नं. प्रदेश स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको क्वाटर फाइनल खेलमा समिकरण पुरा भएको छ ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित योङ्ग स्टार क्लवको खेल मैदानमा जारी प्रतियोगिताको बुधबार लिग खेलहरु सम्पन्न भई क्वाटर फाइनलमा पुग्ने टिमको टुंगो लागेको हो ।

मदन भण्डारी स्पोट्र्स एकेडेमी १ नम्बर प्रदेश कमिटीको आयोजनामा भएको उक्त प्रतियोगिताको क्वाटर फाइनलमा आठ वटा टिम पुगेको अध्यक्ष सागर थापाले जानकारी दिए ।

बिहीबार हुने क्वाटर फाइनलको पहिलो खेलमा झापा र संखुवासभा भिड्नेछन् । झापा ग्रुप ‘ए’ को बिजेताको र संखुवासभा ग्रुप ‘सी’ का उपविजेताको रुपमा क्वाटर फाइनल प्रवेश गरेको हो । सोही दिन हुने दोश्रो खेलमा सोलुखुम्बुले खोटाङसँग सामना गर्नेछ । सोलुखुम्बु ग्रुप ‘बी’ को विजेताको रुपमा क्वाटर फाइनल प्रवेश गर्दा खोटाङ गु्रुप ‘डी’ को उपविजेताको रुपमा क्वाटर फाइनलमा प्रवेश गरेको हो । यस्तै तेश्रो खेलमा ग्रुप ‘सी’ को विजेता सुनसरीले ग्रुप ‘ए’ को उपविजेता धनकुटासँग प्रतिस्पर्धा गर्नेछ । क्वाटर फाइनलको अन्तिम खेलमा ग्रुप ‘डी’ को विजेता ओखलढुंगाले ग्रुप ‘बी’ को उपविजेता भोजपुरको सामना गर्नेछ ।

बुधबारको पहिलो खेलमा भोजपुरले उदयपुरलाई २५ — २२ र २५ — १७ को सोझो सेटमा पराजित ग¥यो । सोही दिन भएको दोस्रो खेलमा संखुवासभा सुनसरीसँग २२ — २५, २५ — १९ र १९ — २५ ले पराजित भयो । झापाले इलामलाई २५ — १५, २५ — २७ र २५ — १७ को सेटले हरायो । अर्को खेलमा सोलुखुम्बुले उदयपुरलाई २५ — २३ र २५ — २३ ले सोझो सेटमा  पराजित ग¥यो । पाँचथर र संखुवासभाबीचको खेलमा २५ — १६ र २५ — २३ ले संखुवासभा विजयी भयो । यस्तै ओखलढुंगाले मोरङलाई २५ — २० र २५ — २२ ले पराजित गर्दा दोश्रो दिनको अन्तिम खेलमा तेह्रथुम र खोटाङ बीचको प्रतिस्पर्धात्मक खेलमा खोटाङले तेह्रथुमलाई २३ — २५, २५ — १४ र २५ — १९ ले पराजित ग¥यो ।

प्रतियोगितामा इलाम, उदयपुर, पाँचथर, मोरङ र तेह्रथुम लिग चरणवाट बाहिरिएको छ ।

बिहिबार, ०८ फागुन, २०७६, बिहानको १०:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर