ग्रेडेडले रजत महोत्सव मनायो

विराटनगर, ३ फागुन
२५ औं वर्षमा पुगेको अवसरमा विराटनगरस्थित ग्रेडेड बोर्डिङ्ग स्कूले विविध कार्यक्रम गरि रजत महोत्सव मनाएको छ । विराटनगरस्थित वीरेन्द्र सभागृहमा भव्य कार्यक्रम गरि स्कूलले शनिबार रजत महोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै शिक्षा इकाइ मोरङका प्रमुख दिर्घधोज चपगाईले गुणस्तरीय शिक्षा प्रदान गरि अभिभावकको मन जित्नुपर्ने बताउनुभयो । निजी विद्यालयहरूले अहिले अनिवार्य १० प्रतिशत छात्रवृतिमा विद्यार्थीहरू अध्यापन गराउनुपर्ने नियामवली बनेको जानकारी दिँदै उहाँले यसको पूर्ण रूपमा पालना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय सचिब राजेशकुमार दास, वरिष्ठ अध्यक्ष टिकाराम ढकाल, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, उपाध्यक्ष सीतला सुब्बालगायतले प्रविधिको प्रयोग गरि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिनुभयो । उनीहरूले शीपसहितको जीवन उपमुखी शिक्षा प्रदान गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययरत विद्यार्थीहरूले विज्ञान प्रदर्शनीमा विभिन्न सामाग्रीहरू पनि राखेका थिए । उनीहरूले एक दर्जन स्टल प्रदर्शनीमा राखेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिनुभयो ।

यस्तै र्नसरीदेखि दश कक्षासम्म अध्ययरत विद्यार्थीहरूले नृत्य, गायन, साँस्कृतिक झल्किने फेशन शो देखाएर सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

सोमबार, ०५ फागुन, २०७६, बिहानको ०६:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर