लोड हुँदैछ...

मेनु

सेन्ट जोसेफमा ‘फ्रेसर्स पुल पार्टी’, नयाँ विद्यार्थीलाई सांगीतिक स्वागत

सेन्ट जोसेफमा ‘फ्रेसर्स पुल पार्टी’, नयाँ विद्यार्थीलाई सांगीतिक स्वागत

विराटनगर । विराटनगरमा सञ्चालित सेन्ट जोसेफ प्लस टुले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागतका लागि शनिबार साँझ एक भव्य ‘फ्रेसर्स पुल पार्टी’ आयोजना गरेको छ। कलेज परिसरमै रहेको स्विमिङ पुलमा ‘नियोन थिम’ मा आधारित ‘फ्रेसर्स पुल पार्टी’ आयोजना गरिएको हो।

नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजका प्रिन्सिपल रोहित थपलियाले यो कार्यक्रम विद्यार्थीहरूका लागि आइस ब्रेकिङ सेसन भएको बताए। उनले भने, ‘नयाँ र पुराना विद्यार्थीहरूबीच चिनजान होस्, उनीहरू घुलमिल हुन पाउन र कक्षा सुरु हुनुअघि एउटा रमाइलो वातावरण बनोस् भन्ने उद्देश्यले यो अनौपचारिक कार्यक्रम आयोजना गरिएको हो।’

पुल पार्टीमा विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुतिहरू दिएका थिए। कलेजले पुलमाथि आकर्षक स्टेज निर्माण गरेको थियो, जहाँ विद्यार्थीहरूले नृत्य र गायन प्रस्तुत गरे। कार्यक्रममा डीजेका साथै बाहिरबाट आएका सांगीतिक ब्यान्डहरूले पनि मनोरञ्जन प्रदान गरेका थिए। नियोन लाइट र आकर्षक सजावटले पुल पार्टीको रौनक अझ बढाएको थियो।

प्रिन्सिपल थपलियाका अनुसार सेन्ट जोसेफले गुणस्तरलाई ध्यानमा राख्दै सिमित सिट संख्यामा मात्र विद्यार्थी भर्ना लिने गरेको छ। ‘हाम्रो सधैंको कोटा अनुसार यस वर्ष पनि २०० जना विद्यार्थी भर्ना भएपछि हामीले भर्ना बन्द गरिसकेका छौं,’ उनले जानकारी दिए। कलेजमा विज्ञान, व्यवस्थापन, कम्प्युटर विज्ञान र होटल म्यानेजमेन्ट विषयको अध्यापन हुने गर्दछ।

नयाँ विद्यार्थीहरूको नियमित कक्षा आगामी सोमबारदेखि सुरु हुने कलेजले जनाएको छ। कक्षा सुरु हुनुअघि विद्यार्थीहरूलाई रिफ्रेस गराउन शनिबारको साँझलाई उत्सवको रूपमा मनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।