लोड हुँदैछ...

मेनु

सुनसरी जिल्ला क्रिकेट संघको अध्यक्षमा सञ्जीव ढुंगाना

सुनसरी जिल्ला क्रिकेट संघको अध्यक्षमा सञ्जीव ढुंगाना

सुनसरी । सुनसरी जिल्ला क्रिकेट संघको अध्यक्षमा सञ्जीव ढुंगाना सर्वसम्मत निर्वाचित भएका छन्। इनरुवामा शनिबार सम्पन्न संघको चौथो वार्षिक साधारणसभाले ढुंगानाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अफजल हुसेन, सचिवमा गोविन्द पौडेल र कोषाध्यक्षमा अब्दुल्ला खान चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सिपी पौडेल, विकास निरौला, ताहिर हुसेन, जयव्रत सरकार, रतन रौनियार, आनन्द अग्रवाल, नुनुदास गुप्ता, सुनोज निरौला, शिव यादव र सरोज बस्नेत रहेका छन्।

निवर्तमान अध्यक्ष सिपी पौडेलका अनुसार अध्यक्षमा निर्वाचित ढुंगाना यसअघि संघको उपाध्यक्ष थिए। अफजल हुसेन सदस्यबाट उपाध्यक्षमा चयन भएका हुन् भने पौडेल स्वयं कार्यसमितिमा निरन्तर रहेका छन्।

साधारणसभालाई सम्बोधन गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोष, नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य अर्जुन पौडेल तथा कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डेले सुनसरीले राष्ट्रिय तथा स्थानीयस्तरका प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

साधारणसभाको अवसरमा क्रिकेट पत्रकारितामार्फत सुनसरी तथा कोशी प्रदेशको क्रिकेट विकासमा योगदान पुर्‍याएको भन्दै कान्तिपुरका सुनसरी संवाददाता अर्जुन सुबेदीलाई सम्मान गरिएको थियो।

त्यसैगरी क्रिकेट प्रशिक्षक प्रदीपराज पाण्डे, राजकुमार प्रधान तथा फोटो पत्रकार गुरु ढकाललाई पनि सम्मान गरिएको संघले जनाएको छ।

संघले उमेर समूहका खेलाडीहरू अन्डर–१६ का कविराज खत्री र रबिन मण्डल, अन्डर–१९ का रोहन शाह र समीर कार्की तथा सिनियर खेलाडी प्रकाश कार्की र सुमन गहतराजलाई समेत सम्मान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।