विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट कलेजले कक्षा ११ का नयाँ विद्यार्थीहरूका लागि आज एक विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कलेजको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई भविष्यको मार्गचित्र कोर्न र शैक्षिक सफलता प्राप्त गर्न उत्प्रेरणा प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा आमन्त्रित उत्प्रेरक डा. ताराप्रसाद गिरीले कक्षा ११ र १२ लाई उच्च शिक्षाको मेरुदण्डका रूपमा व्याख्या गरे । उनले यी दुई वर्षको कडा मेहनतले नै व्यक्तिको भविष्य कस्तो बन्ने भन्ने निर्धारण गर्ने बताए ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्ट कलेजले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यक भौतिक तथा शैक्षिक वातावरण मिलाइदिने प्रतिबद्धता व्यक्त गरे । उनले शैक्षिक विकासका निम्ति कुनै साधन–स्रोतको अभाव भए तत्काल समाधान गरिने भन्दै विद्यार्थीलाई अनुशासित भएर अध्ययनमा केन्द्रित हुन आग्रह गरे ।
त्यस्तै, भाइस प्रिन्सिपल कुन्दन पुरीले कक्षा ११ र १२ को नतिजाले विश्वविद्यालय शिक्षाको स्तर तय गर्ने भएकाले समयको महत्त्व बुझ्न विद्यार्थीहरूलाई आग्रह गरे । कलेजका को–अर्डिनेटर भुवन गौतमले कलेजमा पालना गर्नुपर्ने अनुशासन, नियम र उपलब्ध सुविधाहरूबारे जानकारी गराएका थिए ।
विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको एभरेष्टले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा बीआईटीको समेत अध्यापन सुरु गर्न लागेको कलेज प्रशासनले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।