लोड हुँदैछ...

मेनु

गाँजा कारोबार आरोपमा बिर्तामोडबाट दम्पती पक्राउ

गाँजा कारोबार आरोपमा बिर्तामोडबाट दम्पती पक्राउ

विराटनगर । झापाको बिर्तामोडमा गाँजा कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर एक दम्पतीलाई गाँजासहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार दिउँसो बिर्तामोड नगरपालिका–५ स्थित सुकुम्बासी बस्तीमा रहेको घरमा खानतलासी गर्दा गाँजा बरामद भएको हो। प्रहरीले ५८ वर्षीय मोहम्मद जाबुल र उनकी ६५ वर्षीया श्रीमती सयरुन खातुनलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले जाबुलको घरबाट डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ४०४ ग्राम र प्लास्टिकबाहेक ३६० ग्राम गाँजा फेला पारेको जनाएको छ। गाँजा तौल गर्न प्रयोग गरिएको डिजिटल तराजुसमेत बरामद गरिएको छ।

गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले छापा मारेको थियो। पक्राउ परेका दम्पतीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।

उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।