विराटनगर । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अञ्जनीकुमार पोखरेल सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
सशस्त्र प्रहरी बलको साधारण समूहतर्फ रिक्त रहेको एआइजी पदमा पोखरेललाई बढुवा गर्न गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले सिफारिस गरेको हो ।
मंगलबार बसेको बढुवा समितिको बैठकले पोखरेलको नाम एआइजी पदका लागि सिफारिस गरेको जनाएको छ । समितिले बढुवा सिफारिसप्रति चित्त नबुझेका डिआइजीहरूलाई ७ दिनभित्र उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सकिने व्यवस्था गरेको छ ।
सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षकको पहिलो ब्याचको पहिलो नम्बरका अधिकृत हुन् पोखरेल ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।