लोड हुँदैछ...

मेनु

बेइजिङमा ट्रम्प र सीबीच उच्चस्तरीय भेटवार्तास् विश्व राजनीति र अर्थतन्त्रमा नयाँ मोडको अपेक्षा

बेइजिङमा ट्रम्प र सीबीच उच्चस्तरीय भेटवार्तास् विश्व राजनीति र अर्थतन्त्रमा नयाँ मोडको अपेक्षा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चीन फिङबीच बिहीबार बेइजिङस्थित ‘द ग्रेट हल अफ द पिपुल’ मा उच्चस्तरीय भेटवार्ता हुँदैछ । ट्रम्प आफ्नो दोस्रो कार्यकाल सुरु भएपछि पहिलोपटक बेइजिङ पुगेका हुन्, जसलाई विश्व राजनीति र अर्थतन्त्रको नयाँ मोडका रूपमा हेरिएको छ । यसअघि उनी सन् २०१७ को नोभेम्बरमा चीन भ्रमणमा गएका थिए । यो भेट तनावपूर्ण भू–राजनीतिक पृष्ठभूमि र विश्वव्यापी व्यापारिक खिचातानीका बीच हुन लागेको हो ।

ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै चिनियाँ सामग्रीमाथिको भन्सार वृद्धिले दुई देशबीचको व्यापारिक सम्बन्धमा असर पारेको छ । यस भेटमा व्यापारिक सम्बन्धलाई पुनः मजबुत बनाउन ‘बोर्ड अफ ट्रेड’ ९व्यापारिक ढाँचा० को प्रस्ताव गर्ने अमेरिकाको तयारी छ । यसअघि सन् २०२५ अक्टोबरमा दक्षिण कोरियाको बुसानमा भएको भेटमा भन्सार शुल्क ५७ बाट ४७ प्रतिशतमा झारिएको थियो, जसलाई ट्रम्पले ‘सफल वार्ता’ को संज्ञा दिएका थिए ।

भेटमा ताइवानको मुद्दाले उच्च प्राथमिकता पाउने देखिएको छ । चीनतर्फ प्रस्थान गर्नुअघि ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै सीले ताइवानको मुद्दा जोडतोडले उठाउन सक्ने संकेत गरेका थिए । ट्रम्पले सी चिनफिङसँग ११ अर्ब डलरको अमेरिकी हतियार प्याकेजबारे कुरा गर्ने समेत बताएका छन्, जसको चीनले निरन्तर विरोध गर्दै आएको छ । यसैगरी, जारी इरान युद्ध र त्यसले ऊर्जा बजारमा पारेको प्रभावबारे पनि दुई नेताबीच छलफल हुनेछ । इरानबाट तेल खरिदलाई लिएर दुई देशबीच तनाव छस चीनले इरानमाथि भएको आक्रमणको निन्दा गर्दै आएको छ भने अमेरिका युद्धमा प्रत्यक्ष संलग्न छ ।

ट्रम्पको भ्रमण टोलीमा १६ वटा प्रतिष्ठित अमेरिकी कम्पनीका सिइओहरू सहभागी छन्, जसमा टेस्लाका एलन मस्क, एप्पलका टिम कुक र ब्ल्याक रकका ल्यारी फिन्कसहित प्रविधि र बैंकिङ क्षेत्रका दिग्गजहरू रहेका छन् । अमेरिकाले चीनसँग दुर्लभ खनिज धातु ९रेयर अर्थ मिनरल्स० मा आफ्नो पहुँच कायम राख्न चाहेको छ, जसमा चीनको विश्वव्यापी एकाधिकारजस्तै छ । यस्ता धातुहरू इलेक्ट्रिक गाडी, चिप्स र रक्षा उद्योगका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन् ।

यस भ्रमणका क्रममा चीनले ५०० वटा बोइङ विमान खरिद गर्न सक्ने र अमेरिकी कृषि उत्पादन, विशेष गरी सोयाबिनको आयात बढाउन सक्ने अनुमान गरिएको छ । जवाफमा चीनले उच्च प्रविधि र एआई क्षेत्रमा अमेरिकाले लगाएको प्रतिबन्ध खुकुलो पार्न प्रस्ताव गर्नेछ । साथै, चिनियाँ विद्युतीय कार निर्माता बीवाईडीलाई अमेरिकी बजारमा पहुँच दिने विषयमा पनि कुराकानी हुने अपेक्षा गरिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले समानता र आपसी सम्मानका आधारमा अमेरिकासँग सहकार्य गर्न चीन तयार रहेको बताएका छन् । सन् २०२६ को पहिलो दुई महिनामा चीनको निर्यात २१।८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले चीनले बाँकी विश्वमा आफ्नो बजार फैलाइरहेको स्पष्ट पारेको छ । यो ऐतिहासिक भेटवार्ताले व्यापारिक कर विवाद, ताइवान मुद्दा, एआई प्रविधि र कृषि व्यापार जस्ता महत्वपूर्ण विषयमा नयाँ दिशा निर्देश गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।