लोड हुँदैछ...

मेनु

इरानको शान्ति प्रस्ताव ट्रम्पद्वारा अस्वीकार, भने– पूर्ण रूपमा अस्वीकार्य

इरानको शान्ति प्रस्ताव ट्रम्पद्वारा अस्वीकार, भने– पूर्ण रूपमा अस्वीकार्य

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने उद्देश्यले इरानले पाकिस्तानमार्फत पठाएको प्रस्तावलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै अस्वीकार गरेका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रथ सोसल’ मार्फत ट्रम्पले इरानी प्रतिनिधिहरूको जवाफ आफूलाई मन नपरेको र यो स्वीकार्य नभएको स्पष्ट पारेका हुन्।

इरानको अर्ध–सरकारी समाचार एजेन्सी ‘तस्निम’का अनुसार पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै सो प्रस्ताव अमेरिका समक्ष पुर्‍याएको थियो। इरानले पठाएको उक्त प्रस्तावमा मुख्यतया तीनवटा मागहरू राखिएका थिए। जसमा सबै क्षेत्रमा तुरुन्तै युद्ध रोक्नुपर्ने, अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र भविष्यमा इरानमाथि कुनै पनि आक्रमण नहुने ग्यारेन्टी हुनुपर्ने सर्तहरू थिए।

यसअघि इरानको एक आधिकारिक स्रोतले अल जजिरा टेलिभिजनसँग कुरा गर्दै इरानको तर्फबाट पठाइएको यो प्रस्ताव निकै सकारात्मक र व्यावहारिक भएको दाबी गरेको थियो। तर राष्ट्रपति ट्रम्पको पछिल्लो प्रतिक्रियाले वार्ताको वातावरणलाई फेरि जटिल बनाएको छ। हाल इरान र अमेरिकाबीच अस्थायी रूपमा युद्धविराम लागू भए तापनि पूर्ण रूपमा युद्ध अन्त्य गर्ने विषयमा सहमति हुन नसक्दा शान्ति सम्झौता थप अन्योलमा परेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।