लोड हुँदैछ...

मेनु

तिलाठी कोइलाडीमा आगलागी, १३ घरगोठ जल्दा ४० लाखको क्षति

तिलाठी कोइलाडीमा आगलागी, १३ घरगोठ जल्दा ४० लाखको क्षति

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामामा शनिबार साँझ भीषण आगलागी हुँदा ६ परिवारका १३ वटा घर र गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना र नगदसहित करिब ४० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

साँझ करिब ७ बजे स्थानीय रामअवतार यादवको गोठमा बालिएको घुर (आगो) बाट अचानक सल्किएको आगोले तीव्र रूप लिएको थियो । आगलागीमा परी रामअवतार यादवको ३, जुगाई यादवको ३, अनिल यादवको ३ तथा योगिन्द्र यादव, राजकुमार यादव र धिरेन्द्र यादवको एक–एक वटा घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएको स्थानीयले बताएका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएका बारुणयन्त्र, को.बरसाइन प्रहरी चौकीका प्रहरी र स्थानीयबासीको प्रयासमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

प्रहरीका अनुसार आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । घटनाबारे थप अनुसन्धान भइरहेको र क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको डम्बरबहादुर पुरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।