लोड हुँदैछ...

मेनु

विराटनगरमा शनिबारदेखि राष्ट्रिय बास्केटबल प्रतियोगिता

विराटनगरमा शनिबारदेखि राष्ट्रिय बास्केटबल प्रतियोगिता

विराटनगर । विराटनगरमा शनिबारदेखि राष्ट्रिय ३ बाइ ३ बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक विराटनगर बास्केटबल एकेडेमीले जनाएको छ ।

आयोजक एकेडेमीका अध्यक्ष सरोज लम्सालका अनुसार प्रतियोगितामा मोरङ, सुनसरी, झापा र काठमाडौंका टोलीहरूको सहभागिता रहनेछ । छात्रतर्फ १२ टोली र छात्रातर्फ ५ टोली प्रतिस्पर्धामा उत्रिनेछन् ।

छात्रतर्फ विराटनगर हुपर्स, आयोजक एकेडेमी ए र बी, सगरमाथा, बेलबारी बास्केटबल क्लब, धरानका हुपर्स, होराइजन क्लब, यलम्बर, जुनास, युवा जागृति, इटहरीका एक्स र वाई तथा झापा बास्केटबल संघ सहभागी हुनेछन् । त्यस्तै छात्रातर्फ आयोजक एकेडेमी ए र बी, युवा जागृति धरान, झापा बास्केटबल संघ र काठमाडौंको ग्राण्ड स्टार्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ८५ हजार रुपैयाँ रहेको छ । छात्र र छात्रा दुवै स्पर्धाका विजेता टोलीले समान ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता विराटनगरस्थित एभरेस्ट स्कुलको बास्केटबल कोर्टमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।