सिरहा। सिरहाको मिर्चैया नगरपालिका–९ भगवानपुर टोलमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ भने उनका पति घाइते भएका छन् ।
गएराति परेको चट्याङले ३० वर्षीया रंजितादेवी सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनका पति ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन् ।
रंजिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मिथिलेशको स्थानीय मेडिकलमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले मृतकका माइती पक्षलाई घटनाबारे जानकारी गराइसकिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।