लोड हुँदैछ...

मेनु

नेपाल र युएईबीचको पहिलो टी–२० वर्षाले प्रभावित

नेपाल र युएईबीचको पहिलो टी–२० वर्षाले प्रभावित

काठमाडौँ । नेपाल र युएईबीचको पहिलो टी–२० आई खेल वर्षाका कारण प्रभावित भएको छ। खेलको १८.५ ओभर जारी रहँदा पानी परेपछि खेल रोकिएको हो।

खेल रोकिनुअघि टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन जोडेको छ। हाल क्रिजमा कप्तान दीपेन्द्र सिंह ऐरी ३२ रन र सन्दीप लामिछाने २ रनमा अविजित छन्।

नेपालका लागि ओपनिङमा आएका कुशल भुर्तेलले ९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाएर रन आउट भए। अर्का ओपनर अर्जुन साउद १३ रन बनाउँदा जुनैद सिद्दीकीको बलमा बोल्ड आउट हुन पुगे। ६ बलमा १ चौकाको सहयोगमा ६ रन बनाएका सन्दीप जोरा हैदर अलीको बलमा क्याच आउट भए।

मध्यक्रममा कुशल मल्लले २१ बलमा १ चौकाको मद्दतमा १७ रन बनाए पनि उनी जुनैद जुबेरको बलमा एलबीडब्लु धरापमा परे। १४ रन बनाएका बसिर अहमद जुहेब जुबेरको बलमा मोहम्मद वसिमको हातबाट क्याच आउट हुन पुगे। गुल्सन झा मात्र १ रन बनाउँदा जुनैद सिद्दीकीको बलमा एलबीडब्लु धरापमा परे।

तल्लो क्रममा नन्दन यादवले ७ बलमा २ छक्का प्रहार गर्दै १३ रन जोडे पनि उनी जुहेब सिद्दीकीको बलमा क्याच आउट भए। शेर मल्ल भने शून्य रनमा नै पेभेलियन फर्किएका थिए। वर्षाले खेल रोकिनुअघिसम्म नेपालले सम्मानजनक योगफलतर्फ अघि बढ्ने प्रयास गरिरहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।