लोड हुँदैछ...

मेनु

काँकडभिट्टा र पशुपतिनगर नाका ७२ घण्टा बन्द

काँकडभिट्टा र पशुपतिनगर नाका ७२ घण्टा बन्द

विराटनगर । भारतको पश्चिम बंगालमा हुने विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै झापा र इलामका प्रमुख सीमा नाका अस्थायी रूपमा बन्द गरिने भएको छ।

काँकडभिट्टा र पशुपतिनगर नाका सोमबार साँझ ६ बजेदेखि ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द हुने भएका हुन्।

भारतको जिल्ला प्रशासन कार्यालय दार्जिलिङले जारी गरेको सूचनाअनुसार अप्रिल २० तारिख साँझ ६ बजेदेखि अप्रिल २३ तारिख राति १२ बजेसम्म सीमा क्षेत्र सिल गरिनेछ। यस अवधिमा पैदल यात्रु तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोकिनेछ।

अत्यावश्यक सेवामा भने सहजीकरण गरिने भारतीय प्रशासनले जनाएको छ। बिरामीलाई आवश्यक कागजात र परिचयपत्रका आधारमा आवतजावतको अनुमति दिइनेछ। साथै विदेशी पर्यटक र सड्ने प्रकृतिका खाद्यान्न बोकेका सवारीसाधनलाई विशेष अनुमति दिइने जनाइएको छ।

झापाको भद्रपुर–गलगलिया नाका खुला रहने भएपनि त्यहाँ भारततर्फ प्रवेश गर्दा कडाइ गरिनेछ। निर्वाचनका लागि पश्चिम बंगालका १६ जिल्लामा मतदान हुँदैछ । करिब ३ करोड ६० लाख मतदाताले मतदान गर्ने बताइएको छ ।

सुरक्षा व्यवस्थाका लागि भारतले व्यापक सुरक्षा बल परिचालन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।