लोड हुँदैछ...

मेनु

कांग्रेसलाई आङ्बोको सुझाव: ‘मिलेर जानुस्, एकता जरुरी छ’

कांग्रेसलाई आङ्बोको सुझाव: ‘मिलेर जानुस्, एकता जरुरी छ’

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गरी एकता कायम गर्न सुझाव दिएका छन्। नेपाली कांग्रेसको वैधानिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको फैसलालाई ‘हार-जित’ को विषय बनाउनु सट्टा निकासको रूपमा लिन उनले आग्रह गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता आङ्बोले कांग्रेसजनलाई सम्बोधन गर्दै अहिलेको परिस्थितिमा पार्टी एकता अपरिहार्य रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “काङ्ग्रेसीजन, सर्वोच्चको फैसलालाई हार र जितको होइन निकाशको रुपमा लिनुस्, जुनै जुक्ति निकालेर भएपनी मिल्नुस् यो बेला तपाईंहरुको एकताको जरुरी छ।”

कांग्रेसको वैधानिकतालाई लिएर परेको रिट सर्वोच्चले खारेज गरिदिएपछि उत्पन्न बहसका बीच नेता आङ्बोको यस्तो टिप्पणी आएको हो। उनले जुनसुकै उपाय अपनाएर भए पनि पार्टीलाई एकताबद्ध बनाउन कांग्रेस नेतृत्व र कार्यकर्तालाई शुभकामना समेत दिएका छन्। विपक्षी दलका नेताले कांग्रेसको आन्तरिक एकतामा जोड दिनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।