लोड हुँदैछ...

मेनु

न्युजिल्यान्डमा ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया

न्युजिल्यान्डमा ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया गरिएको छ। न्युजिल्यान्डको अकल्यान्डमा बुधबार बिहान डाक्टर साइमन र उनको टोलीले साम्बाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।

लामो प्रतीक्षापछि आफ्नो शल्यक्रिया सफल भएको जानकारी साम्बाले सामाजिक सञ्जालमार्फत तस्बिरसहित गराएकि छिन् । खाडी क्षेत्रको असहज परिस्थितिका कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि, त्यहाँकै विशेषज्ञहरूको सुझावअनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट शल्यक्रिया गरिएको उनले उल्लेख गरेकि छिन् ।

साम्बाले सामाजिक सञ्जालमा लेखेकिछिन् ‘अब यहाँका डाक्टरकै निगरानीमा मेरो पुनर्स्थापनाको काम भोलिदेखि सुरु हुनेछ। स्थिति सामान्य हुनेबित्तिकै रिह्याबलाई एस्पेटारमा निरन्तरता दिनेछु।’

यस कठिन समयमा साथ दिने आफ्नो क्लब वेलिङटन फिनिक्स, व्यवस्थापन टोली र वेलिङटन तथा अकल्यान्डमा रहेका नेपाली समुदायप्रति उनले विशेष आभार व्यक्त गरेकिछिन् ।‘आम समर्थक जसले सधैँ माया र साथ दिनुभयो, त्यही ऊर्जा लिएर म पुनरागमनको यात्रामा अघि बढेकी छु,’ साम्बाले थप भनेकि छिन् । अब आफ्नो सम्पूर्ण ध्यान मैदानमा सशक्त पुनरागमन गर्नका लागि केन्द्रित रहने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।