लोड हुँदैछ...

मेनु

बगदादमा रहेको अमेरिकी दूतावासमा इरानद्वारा ड्रोन आक्रमण

बगदादमा रहेको अमेरिकी दूतावासमा इरानद्वारा ड्रोन आक्रमण

विराटनगर । इराकको बगदादमा अवस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेटबाट आक्रमण भएको छ । समाचार एजेन्सीहरूका अनुसार अमेरिकी दूतावासमा कयौं ड्रोन र रकेटबाट आक्रमण गरिएको हो ।

इराकको सुरक्षा स्रोतले एएफपीसँग पछिल्ला केही दिनदेखि भइरहेका आक्रमणमध्ये पछिल्लो आक्रमण सबैभन्दा भीषण आक्रमण भएको बताएको बीबीसीले जनाएको छ ।

आक्रमणभन्दा झण्डै छ घण्टा अघि दूतावासले इराकमा रहेका अमेरिकी नागरिकहरूका लागि सुरक्षा अलर्ट जारी गरेको थियो ।

सुरक्षा अलर्टमा भनिएको थियो, ‘इरानसँग जोडिएका आतंकवादी मिलिशियाले पटक–पटक मध्य बगदादको इन्टरनेशनल जोनमा आक्रमण गरिसकेका छन् ।’

समाचारमा आक्रमणबाट भएको क्षतिबारे केही खुलाइएको छैन । यसअघि गत साता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।