विराटनगर । अमेरिका इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा बढ्दो तनावबीच नेपाली राजदूतावास दोहाले कतारमा रहेका स्वदेश फर्किन इच्छुक नेपाली नागरिकलाई सम्पर्क गर्न अनुरोध गरेको छ।
कतारको दोहास्थित राजदूतावासले शनिबार विशेष सूचना जारी गर्दै घर फर्किन चाहने नेपालीलाई आवेदन दिन आग्रह गरेको हो।
दूतावासका अनुसार वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका नेपाली नागरिकले साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल फर्किने व्यवस्था मिलाउन सक्नेछन्। यसका लागि दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिनुपर्ने दूतावासले जनाएको छ।
भिसा आवेदनका लागि पहिले ‘अपोइन्टमेन्ट बुक’ गर्नुपर्ने व्यवस्था रहेको छ। दूतावासका अनुसार उक्त भिसा सेवा केन्द्र दोहाको अल घराफास्थित एजदान मलमा रहेको छ। भिसा प्रक्रिया वा अन्य जानकारीका लागि आवेदकले सेवा केन्द्रको टेलिफोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ।
मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै साउदी अरेबियाका विमानस्थललाई ट्रान्जिट बनाएर नेपाल फर्किन चाहने नेपालीलाई आवश्यक प्रक्रिया पूरा गर्न दूतावासले अनुरोध गरेको हो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।