इटहरी । इटहरीस्थित एरिना टेलिभिजनका अध्यक्ष तथा युवा व्यवसायी समीर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। आज आयोजित एक औपचारिक कार्यक्रममा बालेन शाहको हातबाट उनले पार्टी सदस्यता ग्रहण गरेका हुन्।
कार्यक्रममा समीर कार्कीसँगै ईटहरीका व्यवसायीहरू सुनिल भुसाल, सुवास लुईटेल, निशान खत्री लगायत अन्य व्यवसायीहरू पनि रास्वपामा प्रवेश गरेका छन्। कार्यक्रममा बोल्दै नवप्रवेशीहरूले देशमा सुशासन, पारदर्शिता र युवामैत्री राजनीतिक संस्कार विकासका लागि रास्वपाको एजेन्डा मन परेर पार्टीमा आबद्ध भएको बताएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।