विराटनगर । विराटनगर महानगरपालिका र श्री बाल मन्दिर आधारभुत विद्यालयको सम्युक्त आयाजनामा भएको महानगरस्तरीय हाजिरिजवाफ प्रतियोगिता विराटनगरको एभरेष्ट सेकेण्डरी स्कुल प्रथम भएको छ ।
एभरेष्टले ५९ जनालाई पछि पार्दै महानगरस्तरीय हाजिरिजवाफ प्रतियोगिता जितेको हो ।
प्रतियोगितामा आदर्श स्कूल दोस्रो भयो भने मदन नगर आधारभुत विद्यालय तेस्रो तथा बुढानिलकण्ठ स्कलले सान्तनामा चित्त बुझायो । प्रथम हुने एभरेष्टले नगद २१ हजार र ट्रफि हात पारेको छ भने दोस्रो हुने आदर्श १५ हजार, तेस्रो हुने मदनले १२ हजार र सान्तना हुने बुढानिलकण्ठले ६ हजार र ट्रफि हात पारेको थियो ।
मंगलबारदेखि शुरु भएको हाजिरिजवाफ प्रतियोगितामा विराटनगरका निजी तथा सामुदायिक गरि ६० विद्यालय सहभागि थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।