काठमाडौं । इंग्लिस क्लब लिभरपुलले एफए कपको तेस्रो राउन्डमा बार्न्सलेविरुद्ध ४–१ को रोमाञ्चक जित निकालेको छ । मंगलबार राति लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा घरेलु टोलीले प्रभावशाली प्रदर्शन गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो ।
लिभरपुललाई जित दिलाउन डोमिनिक जोभोस्ज्लाई, जेरेमाइ फ्रिम्पोङ, फ्लोरियन विर्टज् र ह्युगो एकितिकेले समान एक–एक गोल गरे । बार्न्सलेका तर्फबाट एडम फिलिप्सले एक सान्त्वना गोल फर्काए ।
खेलको नवौँ मिनेटमा नै डोमिनिक जोभोस्ज्लाईले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ३६औँ मिनेटमा जेरेमाइ फ्रिम्पोङले गोल गरेपछि लिभरपुलको अग्रता दोब्बर बन्यो । यद्यपि, ४०औँ मिनेटमा बार्न्सलेका एडम फिलिप्सले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए र पहिलो हाफसम्म पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।
खेलको अन्तिम समयतिर लिभरपुल थप आक्रामक देखियो । ८४औँ मिनेटमा फ्लोरियन विर्टज्ले गोल गर्दै लिभरपुललाई ३–१ को सुरक्षित स्थितिमा पुर्याए । खेलको इन्ज्युरी समयमा ह्युगो एकितिकेले थप एक गोल गरेपछि लिभरपुलले ४–१ को फराकिलो जित सुनिश्चित गर्यो




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।