विराटनगर । वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले नेपालीभाषा, साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने स्रष्टाहरुलाई नगदसहितस सम्मान गरेको छ ।
कृष्णभूषण बल स्मृति प्रतिष्ठानले विराटनगरमा कार्यक्रम आयोजना गरेर कविता, कथा, समालोचना लगायतका विधामा कलम चलाउने ३ जना स्रष्टा नगदसहित पुरस्कृत गरेको हो ।
कार्यक्रममा भारतको कालेबुङमा रहेर विगत पाँच दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय डा. राजेन्द्र भण्डारीलाई २५ हजार राशिसहित प्रतिष्ठानले सम्मान गरेको छ । त्यस्तै तीन दशकभन्दा लामो समयदेखि साहित्य कविता र कथा लेखनमा सक्रिय ज्योति जङ्गल र दुई दशकभन्दा लामो समयदेखि कविता लेखनमा सक्रिय युवा कवि रमेशचन्द्र अधिकारीलाई पनि सम्मान गरिएको थियो । जङ्गललाई १५ हजार र अधिकारीलाई ११ हजार नगद राशिसहित सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि तथा महाकाव्यकार सोमराज अभय, विशिष्ट अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाकी प्रमुख संरक्षक शोभालामा बल, अध्यक्ष प्राडा टंकप्रसाद न्यौपानेलगायतले सम्मान गरेका थिए ।
त्यस्तै धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयलाई ‘कृष्णभूषण बल स्मृति सेवा सम्मान’प्रदानगरिएको थियो । सो सम्मान पुस्तकालयका संस्थापक पूर्णबहादुर गुरुङले ग्रहण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि अभयले नेपाली कविता साहित्यमा कृष्णभूषण बलको बेग्लै पहिचान रहेको बताए । उनले बिम्ववादी कविका रुपमा चित्रण गर्दै नेपाली कविता साहित्यमा बलको योगदान उल्लेखनीय रहेको चर्चा गरे । विशिष्ट अतिथि मेयर कोइरालाले वरिष्ठ कवि कृष्णभूषण बलको साहित्यिक योगदानले नेपाली समाजको वैचारिक संरचनालाई गहिरो रूपमा प्रभावित गरेको बताए । उनकाअनुसार कृष्णभूषण बल स्मृति प्रतिष्ठान पुरस्कार वितरणमा सीमित संस्थानभई स्मृतिलाई सिर्जनामा रूपान्तरण गर्ने अभियानहो । ‘साहित्यलाई बहस, अनुसन्धान र सिर्जनाको केन्द्रमा राख्ने प्रतिष्ठानको प्रयासले नयाँ पुस्तालाई आकर्षित गर्नुका साथै समाजलाई बौद्धिक रूपमा समृद्ध बनाएको छ,’ उनले भने ।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरुसहित वरिष्ठ पत्रकार तथा साहित्यकार चन्द्र भण्डारी, आयोजक संस्थाका उपाध्यक्ष केशव आचार्य, महासचिवसमेत रहेका विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, कवि शुभलक्ष्मी लम्साल, मीनकुमार नवोदित, धीरज राई, कृष्णभूषण बलका सुपुत्र साईभूषण लामालगायतले कृष्णभूषण बलले नेपाली भाषा र साहित्यमा पु¥याएको योगदानको चर्चा गरे । सो अवसरमा युवा कवि दीपक सम्चुले कृष्णभूषण बलले लेखेको कविता सुनाएका थिए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वरिष्ठ कवि कृष्णभूषण बलको साहित्यिक योगदानले नेपाली समाजको वैचारिक संरचनालाई गहिरो रूपमाप्रभावित गरेको बताएका छन् । पुरस्कार वितरण समारोहमा मन्तव्य दिँदै उनले बललाई सीमित कृतिबाट व्यापक प्रभाव पार्ने दुर्लभ स्रष्टाका रूपमा स्मरण गरे ।
बलका कृतिहरूले राज्यको केन्द्रीकृत सोचलाई चुनौतीदिएको उल्लेख गर्दै मेयर कोइरालाले २०३५ सालतिरै ‘काठमाडौँ एक्लैले अब काठमाडौँ बोक्न सक्दैन’भन्ने कवितामार्फत संघीयताको पक्षमाबलले स्पष्ट दृष्टिकोण सार्वजनिक गरेको स्मरण गराए । ‘राजनीतिकदलहरूले समेत नसोचेको विषयमाउनले कविता लेखेका थिए, यही नै उनको सशक्तताहो,’ कोइरालाको भनाइ थियो ।
काठमाडौंमा बसेर मात्र चर्चित हुन सकिन्छ भन्ने धारणा तोड्दै विराटनगरमै रहेर राष्ट्रिय पहिचान बनाएकोमा पनि बलको योगदान उल्लेखनीय रहेको उनले बताए । यस अवसरमा विराटनगर महानगरपालिकाको तर्फबाट बलप्रतिउच्च सम्मान प्रकट गरिएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।