लोड हुँदैछ...

मेनु

सञ्चारमन्त्री खरेलको दौडधुप : एकैदिन देउवा, ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै

सञ्चारमन्त्री खरेलको दौडधुप : एकैदिन देउवा, ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले आज एकैदिन प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन्। आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण तयार पार्न र राजनीतिक समन्वय बढाउन मन्त्री खरेलले नेताहरूको निवासमै पुगेर भेटघाट सुरु गरेका हुन्।

मन्त्री खरेलको सचिवालयले दिएको जानकारीअनुसार भेटघाटको तालिका बिहान १० बजेदेखि सुरु भएको छ। मन्त्री खरेल सबैभन्दा पहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास महाराजगञ्ज पुगेका छन्।
देउवासँगको भेटलगत्तै मन्त्री खरेल बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निजी निवास गुण्डु जाने कार्यक्रम छ। शीर्ष नेताहरूसँगको भेटघाटको अन्त्यमा उनी दिउँसो १२ बजे नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई भेट्न उनको निजी निवास पुग्ने सचिवालयले जनाएको छ।

सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सरोकारवाला पक्षहरूसँगको संवाद र समन्वयलाई तीव्रता दिएको छ। मन्त्री खरेलको यो सक्रियतालाई सोही चुनावी वातावरण सहज बनाउने प्रयासका रूपमा हेरिएको छ। यसैबीच, सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न राजनीतिक दलका कार्यालयहरूको अनुगमन समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।