लोड हुँदैछ...

मेनु

संखुवासभाको ३७ सय मिटर उचाइमा फोरजी सेवा सञ्चालन

संखुवासभाको ३७ सय मिटर उचाइमा फोरजी सेवा सञ्चालन

संखुवासभा । हिमाली जिल्ला संखुवासभाको दुर्गम भोटखोला गाउँपालिकास्थित सिमबोक्प डाँडामा नेपाल टेलिकमको फोर–जी (बीटीएस) सेवा सोमबारदेखि सञ्चालनमा आएको छ ।

जिल्लाको ३ हजार ७ सय मिटर उचाइमा स्थापना गरिएको टावर ‘अनएयर’ भएसँगै भोटखोला क्षेत्रका स्थानीयवासी पहिलोपटक गुणस्तरीय मोबाइल तथा डाटा सेवाको पहुँचमा आएका छन् ।

नेपाल टेलिकम खाँदबारीका प्रमुख प्रेम राईका अनुसार फोर–जी सेवा सञ्चालन भएपछि भोटखोला क्षेत्रको सञ्चार समस्या ठूलो हदसम्म समाधान भएको छ । दुर्गम हिमाली भूगोल र कठिन मौसमबीच टेलिकमका इञ्जिनियर आशिष आचार्यको नेतृत्वमा रहेको प्राविधिक टोली, भोटखोला गाउँपालिका–२ का वडाध्यक्ष जिप्पा भोटे, नेपाल आर्मी तथा स्थानीय युवाहरूको सक्रिय सहभागितामा टावर स्थापना गरिएको हो ।

स्थानीयवासीहरूले लामो समयदेखि प्रतिक्षा गरिएको सञ्चार सुविधा सञ्चालनलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । नेपाल टेलिकमका अनुसार भोटखोला गाउँपालिका–१ अन्तर्गतको किमाथांका क्षेत्रमा पनि केही दिनभित्रै फोर–जी सेवा सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।

फोर–जी सेवासँगै हिमाली भेगका नागरिकलाई सञ्चार, सूचना तथा डिजिटल सेवामा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।