जनकपुर । मधेश प्रदेश सभामा रिक्त सभामुख पदका लागि दुई जना प्रदेश सभा सदस्यको उम्मेदवारी परेको छ।
पुस ६ गते आइतबार हुने निर्वाचनका लागि शनिबार दिउँसो ३ बजेसम्म दुई जनाले मनोनयन दर्ता गराएका हुन्। सात दलको समर्थनमा जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दिएका छन्। यादवको प्रस्तावकमा कांग्रेसका वीरेन्द्रप्रसाद सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो छन्।
अर्का उम्मेदवार एमालेका त्रिलोकी प्रसाद हुन्। उनको प्रस्तावकमा एमालेकी शारदादेवी थापा र समर्थकमा जयचन्द्रप्रसाद पटेल छन्। यादवको पक्षमा स्पष्ट बहुमत देखिए पनि पार्टीको निर्देशन अनुसार आफूले उम्मेदवारी दिएको त्रिलोकीले बताए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।