काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्ने प्रक्रियाका लागि रुपन्देहीको भैरहवा लगिएको छ।
नख्खु कारागारमा रहेका लामिछानेलाई प्रहरीले शुक्रबार बिहान विमानस्थल पुर्याएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार लामिछाने रुपन्देही पुगेपछि त्यहाँको कानूनी प्रक्रिया पूरा गरेर आजै रिहा हुनेछन्।
यसअघि उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। सोही आदेशको कार्यान्वयनका लागि उनलाई रुपन्देही पठाइएको हो। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि बुटवल पठाइएका लामिछानेलाई अदालतको आदेशपछि रिहा गर्ने तयारी गरिएको हो। आवश्यक कागजी प्रक्रिया र अदालतको शर्त बमोजिमको प्रबन्ध मिलाएपछि उनी आजै थुनामुक्त हुने प्रहरीले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।