मोरङमा उधौली पर्वको उल्लस (फोटोहरु)

मोरङमा उधौली पर्वको उल्लस (फोटोहरु)

विराटनगर । किरात–लिम्बू समुदायले महत्वपूर्ण पर्व चासोक ताङ्नाम बुधबार मोरङमा पनि विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाएका छन् ।

किरात याक्थुङ चुम्लुङको आयोजना भएको न्वागी खाने पर्वको रुपमा परिचित चासोक ताङ्नाममा स्थानीय लिम्बू समुदाय परम्परागत पोसाकमा सजिएर केलाङमा रमाए ।

विराटनगरमा आयोजित कार्यक्रममा सहभागी कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले चाड–पर्वहरूले राष्ट्रिय एकता, राष्ट्रियता र स्वाधीनतालाई बलियो बनाउने उल्लेख गर्दै सांस्कृतिक विविधता नै नेपालको वास्तविक शक्ति भएको टिप्पणी गरे । लिम्बू भाषामा ‘चासोक’ भनेको नयाँ धान र ‘ताङ्नाम’ भनेको पूजारउत्सव भन्ने अर्थ हुने भन्दै उनले प्रकृति, पुर्खा र उब्जनीप्रतिको कृतज्ञता व्यक्त गर्ने यो पर्वले समाजमा सामूहिकता र सहअस्तित्वको सन्देश प्रवाह गर्ने बताइन्छ।

स्थानीयहरूले चासोक ताङ्नामलाई पहिचान, परम्परा र सांस्कृतिक निरन्तरताको उत्सवका रूपमा मनाउँदै बिराटनगरका विभिन्न ठाउँमा नाचगान, पूजापाठ र सामूहिक भेला आयोजना गरेका थिए।

मोरङको उर्लाबारी–९ स्थित आम्बारीमा पनि किराँत याक्थुम चुम्लुङ उर्लाबारी नगर शाखाले चासोक पर्वको अवसरमा पाँच दिने मेलाको आयोजना गरेको छ । मेलामा जातीय पोशाकमा महिला, पुरुष एवं बालवालिकाहरू सहभागी छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्