विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट आज प्रस्तुत गर्दैछ । उक्त बजेट प्रदेश सरकारले करिब ४० अर्ब बराबरको अनुमानित बजेट निर्माण गरेको जनाएको छ । प्रदेशसभाको बैठक अहिले ४ बजे बस्दैछ । उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले बजेट प्रस्तुत गर्नेछन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित आर्थिक मामिला तथा योजना मन्त्री लिङ्थेप तथा अन्य मन्त्रीहरु प्रदेशसभामा पुगिसकेका छन् ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।