काठमाडौं । मंसिर १ (भोली)देखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि त्रिभुवन किर्तिपुर क्रिकेट रंगशाला सुन्दर र आकर्षक देखिएको छ ।
भोलीदेखि सुरु हुँने प्रतियोगिता मंसिर २७ गतेसम्म हुनेछ । यो एनपिएलको दोस्रो संस्करण हो । रङ्गशालामा प्रथम चरणमा निर्मित प्यारापिट र फ्लडलाइट सरकारले नेपाल क्रिकेट सङ्घ क्यानलाई हस्तान्तरण गरेको छ । दुवै काम सकिएपछि क्यानलाई सञ्चालनका लागि हस्तान्तरण गरिएको हो । रङ्गशालामा ६ वटा फ्लडलाइट र १० हजार क्षमताको प्यारापिट निर्माण गरिएको छ ।



