लोड हुँदैछ...

मेनु

सोलु हाइड्रोलाई २ अर्ब रुपैयाँको आइपिओ निश्कासन गर्न अनुमति

सोलु हाइड्रोलाई २ अर्ब रुपैयाँको आइपिओ निश्कासन गर्न अनुमति

विराटनगर । सोलुखुम्बु जिल्लामा निर्माण भएको सोलु हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो ।

कम्पनीले संस्थापक समूहको ८० प्रतिशत शेयर कायम राखेर सर्वसाधारणको लागि २० प्रतिशत हिस्साको आइपिओ निश्कासन गर्नेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल २ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्न स्वीकृति पाएको धितोपत्र बोर्डले जनाएको छ ।

आइपिओ शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेको छ । यस कम्पनीले सोलुखुम्बु जिल्लामा तल्लो सोलु हाइड्रोपावर आयोजना निर्माण गरेको छ । आयोजना ८२ मेगावाट क्षमताको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।