२९ सय रुपैयाँ बढयो सुनको मुल्य

२९ सय रुपैयाँ बढयो सुनको मुल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेर ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।