विराटनगर । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।