काठमाडौं । आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार हिजोको तुलनामा छापावाल सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको हो भने चाँदी पनि तोलामा ३५ रुपैयाँले सस्तिएको छ।
हिजो प्रति तोला २ लाख ४१ हजार ९०० मा कारोबार भएको छापावाल सुन आज घटेर २ लाख ३९ हजार ९०० मा आइपुगेको छ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। हिजो प्रति तोला ३ हजार १५ मा कारोबार भएको चाँदी आज ३५ ले घटेर प्रति तोला २ हजार ९८० मा कारोबार भइरहेको छ।

