लोड हुँदैछ...

मेनु

बुधबारदेखि शुक्रबारसम्म वर्षा हुने अनुमान

बंगालको खाडी र अरब सागरमा न्यूनचापीय प्रणाली विकसित हुँदै

बंगालको खाडी र अरब सागरमा न्यूनचापीय प्रणाली विकसित हुँदै

विराटनगर । यतिबेला देशभरको मौसम सफा र घमाइलो छ । तर मंगलबारदेखि मौसममा केही परिवर्तन हुने अनुमान गरिएको छ ।

तिहारको बीचमा देशको पश्चिमी भूभागमा हल्का वर्षा भए पनि देशभर त्यसको प्रभाव देखिएन । तर मंगलबारपछि भने वर्षा गराउने गरी दुई वटा पानी पार्ने प्रणाली बंगालको खाडी र अरव सागरमा विकसित भइरहेको मौसमविद्हरुले बताएका छन् । उक्त प्रणालीले नेपालमा शुक्रबारसम्म वर्षा गराउने सम्भावाना रहेको बताइएको छ ।

यस पटक पूर्वी नेपालमा धेरै वर्षा हुने सम्भावना रहेको उनीहरुले बताएका छन् । बाँकी भागमा हल्का तथा मध्यम वर्षा हुने छ ।

‘कात्तिक १२ र १३ गते कोशीदेखि गण्डकीको भूभागसम्म वर्षाको सम्भावना रहेकोमा मौसमविद्हरुले सचेत गराइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।