लोड हुँदैछ...

मेनु

बराह क्षेत्रबाट ३४० किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा

बराह क्षेत्रबाट ३४० किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बाट ३४० किलोग्राम गाँजासहित एउटा कार प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज दिउँसो करिब २ बजेको समयमा गाँजा बोकेर झुम्कातर्फ आउँदै गरेको बिआर ११ बिआर ७१०२ नम्बरको कार नियन्त्रणमा लिएको हो ।

प्रहरीले संकास्पद रुपमा निगरानी गरेको कार रोकेर चेक जाँच गर्दा प्लाष्टिकभित्र गाँजा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ । गाँजा ओसारपसार गर्ने व्यक्तिहरु भने पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।