ब्राउन सुगरसहित झापाबाट चार जना पक्राउ

विराटनगर । प्रहरीले लागुपदार्थ ब्राउन सुगरसहित चार जनालाई झापाका विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार राति बिर्तामोड नगरपालिका–५ बाट २५ वर्षे मुस्ताज मुस्लिम र बिर्तामोड– ६ का २६ वर्षे समिर खानलाई ३ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जनाएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका–१ का ३३ बर्षीय हर्कबहादुर कुमाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले १ ग्राम ३३० मिलिग्राम र अर्जुनधारा नगरपालिका– ११ का २६ वर्षे वीरेन्द्र लिङ्देनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

अशोज ८, २०८२, दिउँसोको १२:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर