नेप्सेमा दोहोरो अंकको गिरावट

विराटनगर । साताको पहिलो दिन आइतबार सेयर बजार १८.०२ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २७३९.९५ अंकमा कायम भएको छ ।

रोबार सुरुवातपछि बढेको बजार ११ः१७ बजे २७७० अंकमा पुगेपनि त्यसपछिको ओरालो यात्रा अन्तिम समयसम्म कायम रह्यो ।
बजारको अंक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब २ करोडको कारोबार भएकोमा यस दिन ६ अर्ब ५४ करोडको भयो । ४१ कम्पनीको मूल्य बढ्दा २०८ को घट्यो ।

यस दिन उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटे । सो समूह ०.१५ प्रतिशत बढ्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.६९ प्रतिशत घट्यो । बैंकिङ ०.८८, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.१९, लगानी ०.७८, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.५०, अन्य ०.१० तथा व्यापार समूह ०.१९ प्रतिशत घटे ।

विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । हालै सूचीकृत सो कम्पनीको मूल्य ३८८.७० रुपैयाँ पुगेको छ । त्यस्तै सीवाईसी लघुवित्तको ४.७४, हिमालयन डिस्टिलरीको ३.६०, अपर स्याङ्गे हाइड्रोपावरको २.३५ प्रतिशत मूल्य बढ्यो ।
यस दिन नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ७.२९ प्रतिशत घट्यो । यस्तै पियोर इनर्जीको ४.३५, सान्भी इनर्जीको ३.९८ तथा रावा इनर्जीको ३.८५ प्रतिशत मूल्य घट्यो ।

यस दिन हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै रकमको कारोबार भयो । सो कम्पनीको मात्रै १ अर्ब ७५ करोडको कारोबार भयो । त्यसपछि धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र शिवम् सिमेन्ट अगाडि रहे ।

भदौ ८, २०८२, साँझको ०७:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर