विराटनगर । विराटनगरमा मुख्य कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लि. ले आर्थिक वर्ष २०८१/८२ मा १० करोड ९४ लाख सञ्चालन मुनाफा आर्जन छ ।
बैंकको सो अवधिको परिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७ करोड ६६ लाख रहेको छ। अघिल्लो आर्थिक वर्षमा २ करोड २५ लाख खुदनाफा आर्जन गरेको बैंकले त्यसमा २४० प्रतिशतको वृद्धि गरेको जनाएको छ ।
खुद नाफामा वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी रु. ६.१६ कायम भएको छ। सो अवधिमा बैंकको निक्षेप ७ अर्ब १ करोड मा ६.९१ प्रतिशतले वृद्धि भई ७ अर्ब ५८ करोड पुगेको छ । ऋण लगानीतर्फ ४ अर्ब ६६ करोडमा २७.१४ प्रतिशतको वृद्धिसहित ६ अर्ब पुगेको बैंकले जनाएको छ।
अघिल्लो आ.व.मा ९.६६ प्रतिशत रहेको निष्क्रिय कर्जाको अनुपात यो आ.व.मा ९.१० प्रतिशत कायम भएको छ। बैंकले कोशी प्रदेशभर आफ्ना ३६ कार्यालयहरूमार्फत १ लाख ३३ हजारभन्दा बढी निक्षेप तथा ६ हजार भन्दा बढी ऋण ग्राहकहरुलाई सेवा प्रवाह गरिरहेको जनाएको छ।